शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानाध्यापकमाथि गोली प्रहार घटना : तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु

सोमबार, १३ कात्तिक २०८०, २० : ५१
सोमबार, १३ कात्तिक २०८०

बारा । प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।  सोमबार बाराको कलैयामा निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । 

सो घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरी  अनुसन्धान सुरु गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले  पक्राउ परेकाका तीननै जना नेपाली भएको बताएका छन् । उनले घटनाबारे  अनुसन्धान भइरहेको बताए ।  

सोमबार दिउँसो कलैया उपमहानगर–६ मा दुई वटा  मोटरसाइकलमा आएका चार जनाको समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश सरार्फलाई गोली प्रहार गरी हत्या गरेका थिए ।  

सरार्फ कलैयास्थित अन्नपूर्ण स्विट्सबाट मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका थिए । सोही समयमा अज्ञात समूहले छाती, टाउकोमा  चार राउन्ड गोली प्रहार गरी फरार भएका हुन् । 

गोली प्रहारबाट घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप