प्रधानाध्यापकमाथि गोली प्रहार घटना : तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु
बारा । प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । सोमबार बाराको कलैयामा निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या गरिएको थियो ।
सो घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले पक्राउ परेकाका तीननै जना नेपाली भएको बताएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
सोमबार दिउँसो कलैया उपमहानगर–६ मा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश सरार्फलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
सरार्फ कलैयास्थित अन्नपूर्ण स्विट्सबाट मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका थिए । सोही समयमा अज्ञात समूहले छाती, टाउकोमा चार राउन्ड गोली प्रहार गरी फरार भएका हुन् ।
गोली प्रहारबाट घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण