ऐश्वर्यालाई शाहरुखले ५ फिल्मबाट निकालेका थिए
मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय (बच्चन) आज ५० वर्षकी भइन् । ऐश्वर्य सुन्दरताका लागि चर्चित छिन् । बलिउडमा झन्डै डेढ दशक पूरा गरेकी यिनले नृत्य र अभिनयले पनि उनले लाखौँ फ्यान बनाएकी छिन् । ऐश्वर्याले हिन्दी मात्रै होइन तमिल, तेलुगु, बंगाली र हलिउड फिल्ममा समेत राम्रो नाम कमाएकी छिन् । तर बिहेपछि यिनको करियर उक्लिन सकेन ।
शाहरुख खान र ऐश्वर्यको जोडीलाई दर्शकले निकै मन पराएका थिए । दुबैले मोहब्बते, देवदास र जोशमा काम गरेका थिए । रियल लाइफमा पनि यी दुई राम्रो मित्र थिए ।
उसो त शाहरुख खानले ऐश्यर्वलाई ५ वटा फिल्मबाट निकालेका थिए । शाहरुखले ऐश्वर्यालाई वीर जारा, चलते चलते, कल हो न हो जस्ता फिल्मबाट निकालेका समाचारमा उल्लेख छ ।
तर, शाहरुखले आफूलाई किन र कहिले निकालेको भनेर थाहा नभएको ऐश्वर्याले सिमी गरेवालसँगको एउटा अन्तरवार्तामा उल्लेख गरेकी छन् ।
उसो त शाहरुख खानले आफ्नो उक्त व्यवहारप्रति पश्चताप गर्दै ऐश्वर्यासँग माफी मागेका थिए । कसैसँग कुनै प्रोजेक्टमा काम शरु गर्ने अनि बिना कुनै गल्ती निकाल्नु निकै गाह्रो भएको शाहरुखको भना थियो ।
गएको डेढ दशकमा ऐश्वर्यका ४ वटा फिल्म मात्रै हिट रह्यो । अहिलेलाई उनको हातमा नयाँ फिल्म पनि छैन । तर पनि बलिउडमा उनको प्रतिष्ठा कम भने भएको छैन । ८ अर्ब २८ करोड रुपयाँ नेटवर्थ भएकी ऐश्वर्य बलिउडकी धनी अभिनेत्री हुन् । प्रियंका चोपडा र दीपिका पदुकोण जस्ता अहिलेका नाम चलेका अभिनेत्रीहरुले समेत नेटवर्थको मामिलामा ऐश्वर्यलाई जित्न सकेका छैनन् एक पछि अर्को फ्लिम फ्लप भएपनि आज पनि ऐश्वर्यले एउटा फिल्मको १२ करोड रुपयाँ लिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण