संसदीय समितिमा रवि लामिछानेले रामहरि खतिवडालाई सोधे– लक्ष्मी महतो कोइरी खोइ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई लक्ष्मी महतो कोइरी खोइ भन्दै प्रश्न गरेका छन् । बुधवार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगसँगको छलफलको क्रममा उनले निलम्बनमा परेका फरार सांसद कोइरीको बारेमा प्रश्न गरेका हुन् ।
लामिछाने गृहमन्त्री भएका बेला सांसद खतिवडाले हत्या अभियोग लागेका सांसद कोइरी पक्राउ गर्न दबाब बढाउँदै प्रतिनिधिसभा बैठकमा सांसद लक्ष्मी महतो कोइरी पक्राउ गरेको खोइ भन्दै प्रश्न गरेका थिए ।
खतिवडाको सो प्रश्नलाई लिएर लामिछानेले भने, ‘म सभापतिज्यूलाई एउटा प्रश्न गर्न चाहन्छु, अहिले तपाईँहरूको सरकार छ, लक्ष्मी महतो कोइरी खोइ ?’
उनले सांसद महतो र टोपबहादुर रायमाझी निलम्बनमा परेर खालीजस्तो बनेको निर्वाचन क्षेत्र महोत्तरी र अर्घाखाँची कहिलेसम्म खाली राख्ने भन्दै ती क्षेत्रमा जनप्रतिनिधिका लागि कानुनी व्यवस्था राख्नुपर्ने माग गरे । सांसद लामिछानेको प्रश्नमा सभापति खतिवडाले अहिले तत्काल जवाफ नदिने, त्यो विषयमा पछि जवाफ दिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण