आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिमा रवि लामिछानेले रामहरि खतिवडालाई सोधे– लक्ष्मी महतो कोइरी खोइ ?

बुधबार, १५ कात्तिक २०८०, १२ : ५९
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई लक्ष्मी महतो कोइरी खोइ भन्दै प्रश्न गरेका छन् ।  बुधवार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगसँगको छलफलको क्रममा उनले  निलम्बनमा परेका फरार सांसद कोइरीको बारेमा प्रश्न गरेका हुन् । 

लामिछाने गृहमन्त्री भएका बेला सांसद खतिवडाले हत्या अभियोग लागेका सांसद कोइरी पक्राउ गर्न दबाब बढाउँदै प्रतिनिधिसभा बैठकमा सांसद लक्ष्मी महतो कोइरी पक्राउ गरेको खोइ भन्दै प्रश्न गरेका थिए । 

खतिवडाको सो प्रश्नलाई लिएर लामिछानेले भने, ‘म सभापतिज्यूलाई एउटा प्रश्न गर्न चाहन्छु, अहिले तपाईँहरूको सरकार छ, लक्ष्मी महतो कोइरी खोइ ?’

उनले सांसद महतो र टोपबहादुर रायमाझी निलम्बनमा परेर खालीजस्तो बनेको निर्वाचन क्षेत्र महोत्तरी र अर्घाखाँची कहिलेसम्म खाली राख्ने भन्दै ती क्षेत्रमा जनप्रतिनिधिका लागि कानुनी व्यवस्था राख्नुपर्ने माग गरे । सांसद लामिछानेको प्रश्नमा सभापति खतिवडाले अहिले तत्काल जवाफ नदिने, त्यो विषयमा पछि जवाफ दिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप