पर्यटन ऐनहरु समय सापेक्ष बनाउन जरुरी छ : पर्यटनमन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधवार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पर्यटन ऐनहरु पुरानो भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए । उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताए । किरातीले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गरे ।
उनले भने, ‘पर्यटनको मौलिकता हुन् । यसलाई हामीले विश्व समुदायमा नयाँ ढंगले ब्राण्डिङ गर्नसक्यौँ भने पर्यटनबाट समृद्धि सम्भव छ । पृथ्वीको हिमाल जलवायुको प्रतिक पनि रहेछ । जलवायुमा परिवर्तन हुँदै जाँदा हिमालहरु कालो हुँदै आउने दृश्यहरु हामीले देखेका छौँ । संयुक्त राष्ट्रसंघका महामहिम महासचिवले हिजो संसदमा भन्नुभयो विशेष महत्व दर्शाउँदै हिमाल असामान्य रुपमा पग्लिरहेको छ । नेपालले ३० वर्षदेखि यता धेरै ठूला विनाशकारी घटना व्यहोरिरहेको छ । समुन्द्रमा पानीको सतह बढीरहेको छ । संस्कृतिले ठूलो चुनौति व्यहोरिरहेको छ । हिउँ पहिरो बढी जाने सम्भवाना बढेको छ । जलवायु परिवर्तनको समाधान विश्वको साझा चुनौति बनेको छ । हामीले हाम्रो देशको हिमालको रक्षा गर्नसक्यौँ भने मात्रै नेपाल रहन्छ । पर्यटन ऐनहरु पुरानो छ, समय सापेक्ष गर्नुपर्ने छ । जहाजको भाडा विदेशी पाहुनालाई डबल गरेका छौँ । त्यसले नकारात्मक सन्देश विश्वमा गइरहेको छ । निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता छ ।’
मन्त्री किराँतीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौति रहेको बताए । उनले नेपालमा पर्यटनबाट समृद्धि सम्भव रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण