बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

संक्रमणकालीन न्याय छिटै टुंगिन्छ : प्रचण्ड

बुधबार, १५ कात्तिक २०८०, १५ : ४३
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वका अवसरमा गरिने चियापानले पार्टीहरुको बीचमा समझदारीको राम्रो वातावरण बनाउने बताएका छन् । 

नेकपा एमालेले बुधबार दसैँ, तिहार र छठ पर्वको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमले दलहरुलाई सहमतिमा पुग्न राम्रो वातावरण बनेको बताएका हुन् । 

‘अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरुको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘म एमाले नेता कार्यकर्ता सबै साथीहरुलाई फेरि पनि शुभकामना भन्न चाहन्छु ।’

फरक प्रशंगमा प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन बुधबार बिहानमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच त्यसबारे सकारात्मक छलफल भएको समेत बताए । ‘आज बिहानमात्रै हामीले छलफल गर्‍यौ । सकारात्मक छलफल भएको छ । यो विषय छिटै टुगिंन्छ’, प्रधानमन्त्रीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप