फागुन १ लाई हिंसा दिवस भन्नु ओलीको कुतर्क हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन एकलाई हिंसा दिवस भन्नु एमाले अध्यक्ष केपी ओलीको कुतर्क भएको टिप्पणी गरेका छन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा उनले विगतमा ओलीसहितको निर्णयमा जनयुद्ध दिवस मनाइएको दाबी गर्दै जनयुद्धकै कारण देशमा शान्ति प्रक्रिया, शान्ति सम्झौता र गणतन्त्र आएको बताए ।
उनले भने–'शान्ति सम्झौता महत्त्वपूर्ण हो भने जनयुद्ध सुरु भएको दिन पनि महत्त्वपूर्ण हो, त्यसैले फागुन १ गतेलाई दिवसको रूपमा मनाउने गरिएको हो ।' उनले विगतमा पनि ओलीले जनयुद्ध दिवस मनाउने निर्णयमा हस्ताक्षर गरे पनि उक्त दिन विभिन्न बहाना गरेर आफू नआई निहुँ खोज्ने काम गरेको बताए ।
प्रचण्डले जटिल परिस्थितिमा पनि प्रधानमन्त्रीको हैसियतमा भारत, अमेरिका र चीन भ्रमण सन्तुलित ढङ्गले सम्पन्न गर्न सकेकोमा आफूलाई गर्व रहेको समेत बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण पूर्ण रूपमा सफल भएको उनको दाबी छ ।
महासचिव गुटेरेसले नेपाल र नेपाली जनताको पक्षमा, नेपालको शान्ति प्रक्रियाको पक्षमा, मौसम परिवर्तनको प्रभावबारेमा र नेपालको आर्थिक विकास र समृद्धिको बारेमा सकारात्मक र उत्साहवद्र्धक अभिव्यक्ति दिएको उनको भनाई छ ।
यो विषय प्रधानमन्त्रीका लागि मात्रै नभएर सम्पूर्ण जनताका लागि गर्वको विषय भएको उनले बताए । आफ्नो विदेश भ्रमण र महासचिव गुटेरेसको नेपाल भ्रमणबाट आफू पूर्ण सन्तुष्ट रहेको उनको भनाइ थियो ।
प्रचण्डले देशमा अहिले अस्थिरता निम्त्याउनको लागि अनावश्यक चलखेल गर्न खोजिएको भन्दै त्यस्ता शक्तिलाई नजिकबाट नियालिरहेको बताएको बताए ।
निरङ्कुश सामन्ती राजसंस्थाले केही पनि नदिएको भन्दै उनले भने, 'नेपालमा निरङ्कुश सामन्ती राजतन्त्रले के दियो भन्ने कुरा नेपाली जनतालाई राम्रोसँग थाहा छ । नेपाली जनताले उदारतापूर्वक पूर्वराजाहरुलाई सम्मानपूर्वक क्रियाकलाप गर्न छुट दिए । अहिले चुरीफुरी गरेको राम्रो हुँदैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण