शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जनताको आवाजमा सरकार प्रतिक्रिया विहीन बन्यो : सांसद शुक्ला

बिहीबार, १६ कात्तिक २०८०, १५ : २३
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले सांसदहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिन नसकेको बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार जनताको आवाजमा प्रतिक्रियाविहीन रहेको बताए । उनले कृषिका समस्या बारम्बार उठाउँदा पनि प्रतिक्रिया विहीन हुनु सरकारको कमजोरी भएको बताए । उनले सरकार प्रतिक्रिया विहीन हुँदा संसद्को आकर्षण घट्ने बताए ।

सांसद शुक्लाले कानुन निर्माणमा मूल संसद् भन्दा संसदीय समितिको भूमिका महत्त्वपूर्ण हुने भएपनि समितिको नेतृत्व चयन नै ढिला भएको बताए । त्यसको परिणामूस्वरुप कानुनहरु पर्याप्त रुपमा अघि बढाउन नसकिएको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप