४० वर्ष हुँदा पनि २० वर्षको देखिन चाहनु हुन्छ ?
काठमाडौँ । आफू सुन्दर देखिऊ, जवान नै रहिरहूँ भन्ने चाहना त कसले पो नगर्ला ? हिजोआज खराब जीवनशैली र खानपानका कारण मानिसहरू उमेरभन्दा पहिला नै बुढो देखिन थालेका छन् ।
सधैँ आफू जवान र सुन्दर देखिन चाहनु हुन्छ भने तपाईँले पनि आफ्नो डाइटमा ध्यान दिन जरुरी छ । खानामा हेल्दी फ्याट, एन्टिअक्सिडेन्ट, प्रोटिन र भिटामिन सी अनिवार्य समावेश गर्नुस् । आजको यो लेखमा हामी ३० वर्ष उमेर कटेपछि हरेक महिला र पुरुषले आफ्नो भोजनमा समावेश गर्नु पर्ने केही खानेकुराबारे कुराकानी गर्नेछौँ ।
ड्राई फ्रुट्सः
यसमा एन्टि–एजिङ गुण पाइन्छ । यसले छालामा चमक कायम राख्न सघाउँछ भने छालालाई कसिलो बनाइराख्न पनि मद्दत गर्छ । यसमा छालालाई स्वस्थ बनाउने अनि बुढ्यौलीको निशानी रोक्न मद्दत गर्ने तेल र एन्टिअक्सिडेन्ट हुन्छ । ड्राई फ्रुट्समा उच्च मात्रामा डायट्री फाइबर पाइन्छ, जसले पेट र पाचन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । पाचन प्रणाली मजबूत रह्यो भने शरीर पनि स्वस्थ रहन्छ ।
एभोकाडोः
एभोकाडोमा मोनोअनस्याचुरेटेड फ्याटी एसिड, कराटिनोयड र फेनोलिक कम्पाउन्ड्स हुन्छ । केही अध्ययनका अनुसार कराटिनोयडले छाला बुढो हुने प्रक्रियालाई सस्त बनाउँछ । गूड फ्याट र एन्टिअक्सिडेन्ट पनि भरपूर हुने भएकोले यो एन्टि–एजिङका लागि उत्तम खानेकुरा हो ।
ब्रोकाउलीः
ब्रोकाउली एन्टी–इन्फ्लेमेटरी र एन्टी एजिङ गुणका लागि चर्चित छ । यसमा भिटामिन सी र भिटामिन के पनि पाइन्छ । यसले अनुहारको चाउरीपन कम गर्न मद्दत गर्छ । शरीरको कोलेजन संश्लेषणका लागि भिटामिन सी आवश्यक पर्छ । यो तत्त्व ब्रोकाउलीमा पाइन्छ । यसबाट धेरै लाभ लिने हो भने काँचै वा बाफमा पकाएर खानुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान क्रिकेट बोर्डको ऐतिहासिक घोषणा : टेस्ट खेलाडीको म्याच फि दोब्बर हुने, नयाँ कन्ट्राक्ट प्रणाली लागू
-
लेबनानमा ४ इजरायली सेनाको मृत्यु
-
नेयमारपछिको युगमा ब्राजिलको आशा : भिनिसियस जुनियर
-
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
२०८३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
-
बेलायती गुणस्तर परीक्षणमा द ब्रिटिस कलेज फेरि सफल, पायो पुनः अन्तर्राष्ट्रिय मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण