पोखराका प्याराग्लाइडिङ पाइलटको मापसे चेक
बिहीबार, १६ कात्तिक २०८०, २० : ०८
पोखरा । पोखरामा प्याराग्लाइडिङ उडाउने पाइलटको मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गरिएको छ । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा २३ पामेमा पाइलटको मापसे चेक गरेको हो ।
प्याराग्लाइडिङ दुर्घटना न्यूनीकरण गर्ने अभियान अन्तर्गत मापसे चेकजाँच गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार चेकजाँचका क्रममा कसैले पनि मापसे नगरेको भेटिएको छ ।
यसअघि प्रहरीले फेवातालमा डुंगा चलाउनेहरुको पनि मादक पदार्थ सेवन गरे/नगरेको चेक गरेको थियो । त्यसअघि डुंगा चालकहरुकै लागु पदार्थ चेकजाँच पनि भएको थियो ।
केही समयअघि प्याराग्लाइडिङ पाइलटले लागु औषध प्रयोग गर्ने गरेको गुनासो बढेको थियो । केही पाइलटहरु छानबिनकै दायरामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण