सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु संक्रमितको सङ्ख्या ४४ हजार नाघ्यो

शुक्रबार, १७ कात्तिक २०८०, १६ : ०६
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । पछिल्लो समयमा डेंगु संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार संक्रमितको सङ्ख्या ४४ हजार नागेको छ ।

हालसम्म ७६ जिल्लाका ४४ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको छ । 

सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १०६ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै, तनहुँमा २० दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ६९९ पुगेको छ ।

त्यसपछि झापामा ३ हजार ६९० पुष्टि भएको छ । धादिङमा ३ हजार २०० जनामा सङ्क्रमण भएको छ ।

यस्तै कास्की ६ हजार ६०४ जना, मोरङ २ हजार २९० जना, काठमाडौँमा १ हजार ४१  जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ ।

यस्तै कैलालीमा ६८९, गोरखा ६८५ जना र धनकुटामा ६०५ जनामा सङ्क्रमित भएको बताइएको छ ।  

कुन प्रदेशमा कति ?

सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा  २४ हजार २०१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । गण्डकीमा ११ हजार ३७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

यसपछि बागमती प्रदेशमा ५ हजार ५५२ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ३६९, लुम्बिनी प्रदेशमा ८१३, मधेस प्रदेशमा ६१८, कर्णाली प्रदेशमा १५६ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप