डेंगु संक्रमितको सङ्ख्या ४४ हजार नाघ्यो
काठमाडौँ । पछिल्लो समयमा डेंगु संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार संक्रमितको सङ्ख्या ४४ हजार नागेको छ ।
हालसम्म ७६ जिल्लाका ४४ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।
सबैभन्दा बढी सङ्क्रमित सुनसरीमा १६ हजार १०६ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै, तनहुँमा २० दिन यता सङ्क्रमितको सङ्ख्या बढेर ६ हजार ६९९ पुगेको छ ।
त्यसपछि झापामा ३ हजार ६९० पुष्टि भएको छ । धादिङमा ३ हजार २०० जनामा सङ्क्रमण भएको छ ।
यस्तै कास्की ६ हजार ६०४ जना, मोरङ २ हजार २९० जना, काठमाडौँमा १ हजार ४१ जनामा सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ ।
यस्तै कैलालीमा ६८९, गोरखा ६८५ जना र धनकुटामा ६०५ जनामा सङ्क्रमित भएको बताइएको छ ।
कुन प्रदेशमा कति ?
सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा २४ हजार २०१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । गण्डकीमा ११ हजार ३७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसपछि बागमती प्रदेशमा ५ हजार ५५२ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ३६९, लुम्बिनी प्रदेशमा ८१३, मधेस प्रदेशमा ६१८, कर्णाली प्रदेशमा १५६ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण