त्रिविमा उपकुलपति रिक्त
शुक्रबार, १७ कात्तिक २०८०, २२ : ०३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल आजदेखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ ।
उपकुलपतिका रुपमा प्राडा बाँस्कोटाले प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको जनाए ।
साथै शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसको प्रभावकारी नियमन, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, विद्यार्थी कल्याण तथा खेलकुदमा चासो, त्रिविका सम्पत्तिको संरक्षण, त्रिवि अलुम्नाई एशोसियशनलाई त्रिविको हितमा प्रयोगका साथै विद्यमान त्रिवि ऐन, नियम र विनियमलाई समयसापेक्ष बनाउन गरिएका पहल गरिएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण