जाजरकोट भूकम्प
जाजरकोट भूकम्प : उद्धारमा सहयोगका लागि पोखरा महानगरले तोक्यो फोकल पर्सन
शनिबार, १८ कात्तिक २०८०, ०६ : ३९

पोखरा । जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट ठुलो धनजनको क्षति भएको रिपोर्टहरू आइरहेका छन् । पोखरा महानगरपालिकाले राहत र उद्धारका लागि सहयोग गर्ने वचन सहित फोकल पर्सन तोकेको छ ।
मेयर धनराज आचार्यले बिहानै सामाजिक सञ्जालमा सूचना जारी गर्दै राहत र उद्धारमा सहयोग आवश्यक परे आफूहरू तयार रहेको बताएका हुन् । ‘स्थानीय प्रशासनसँग सम्पर्कको प्रयासमा छौँ । राहत तथा उद्धारमा थप सहयोग जरुरी भएको खबर भएमा पोखरा महानगरपालिका सहयोगका लागि तयार रहेको छ,’ उनले भने, ‘यसको लागि आवश्यक संयोजक र सम्पर्क गर्न विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मालाई फोकल पर्सन तोकिएको छ ।’ उनले जाजरकोट र रुकुमका समाजहरूलाई महानगरको सम्पर्कमा आउन आग्रह पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या
-
झगडै झगडामा ढुङ्गाले टाउकोमा हानेर श्रीमतीको हत्या
-
‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?