जाजरकोट भूकम्प
जाजरकोट भूकम्प : उद्धारमा सहयोगका लागि पोखरा महानगरले तोक्यो फोकल पर्सन
शनिबार, १८ कात्तिक २०८०, ०६ : ३९
पोखरा । जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट ठुलो धनजनको क्षति भएको रिपोर्टहरू आइरहेका छन् । पोखरा महानगरपालिकाले राहत र उद्धारका लागि सहयोग गर्ने वचन सहित फोकल पर्सन तोकेको छ ।
मेयर धनराज आचार्यले बिहानै सामाजिक सञ्जालमा सूचना जारी गर्दै राहत र उद्धारमा सहयोग आवश्यक परे आफूहरू तयार रहेको बताएका हुन् । ‘स्थानीय प्रशासनसँग सम्पर्कको प्रयासमा छौँ । राहत तथा उद्धारमा थप सहयोग जरुरी भएको खबर भएमा पोखरा महानगरपालिका सहयोगका लागि तयार रहेको छ,’ उनले भने, ‘यसको लागि आवश्यक संयोजक र सम्पर्क गर्न विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मालाई फोकल पर्सन तोकिएको छ ।’ उनले जाजरकोट र रुकुमका समाजहरूलाई महानगरको सम्पर्कमा आउन आग्रह पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण