भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न पार्टीका सङ्घ सङ्गठनलाई माओवादी केन्द्रको निर्देशन
शनिबार, १८ कात्तिक २०८०, ०९ : २८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न पार्टीका नेता कार्यकर्ता तथा सङ्घ सङ्गठनलाई निर्देशन दिएको छ । महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल उद्धारमा जुट्न निर्देशन दिएका हुन् ।
भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले सिङ्गो पार्टीलाई मर्माहत बनाएको भन्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै पार्टीले प्रभावकारी उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको समेत ध्यानाकर्षण गराएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण