‘राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छ’
शनिबार, १८ कात्तिक २०८०, १० : ००
सुर्खेत । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रित रहेको बताएका छन् ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताए । खड्का शुक्रबार नै सुर्खेत आएका थिए ।
खड्काका अनुसार अहिले नेपाली सेनासँग भएका चार वटा हेलिकोप्टरहरू घाइतेको उद्धारका लागि खटाइएको छ । सेनाको जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको पनि उनले बताए ।
यस्तै सुर्खेतमा रहेको सानो हेलिकप्टरबाट घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ । साथै उनले राहतको काम पनि तत्कालै सुरु गर्ने गरी कामहरू अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण