शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राहत र उद्धारमा खटिन पार्टी पङ्क्तिलाई मोहन वैद्यको निर्देशन

शनिबार, १८ कात्तिक २०८०, ११ : ४५
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले भूकम्प पीडितहरूको राहत, उद्धार र पुनर्वासमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरूमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो । भूकम्पबाट भएको क्षतिले पार्टीलाई मर्माहत तुल्याएको भन्दै अध्यक्ष वैद्यले घाइतेहरूको तत्काल खोज, उद्धार,निःशुल्क उपचार र राहतको अत्यावश्यक कार्यमा कुनै कसर बाँकी नराख्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।

‘यस प्राकृतिक विपत्को समयमा घाइतेहरूको तत्काल उद्धार, उपचार, राहत र पुनर्वासको कार्यमा सक्रियतापूर्वक खट्न पार्टीको कर्णाली प्रदेश लगायत सम्पूर्ण पार्टी पङ्क्ति, जवस मोर्चाका नेता कार्यकर्ताहरूलाई पनि पार्टी विशेष अपिल गर्दछ’, अध्यक्ष वैद्यले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप