राहत र उद्धारमा खटिन पार्टी पङ्क्तिलाई मोहन वैद्यको निर्देशन
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले भूकम्प पीडितहरूको राहत, उद्धार र पुनर्वासमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरूमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो । भूकम्पबाट भएको क्षतिले पार्टीलाई मर्माहत तुल्याएको भन्दै अध्यक्ष वैद्यले घाइतेहरूको तत्काल खोज, उद्धार,निःशुल्क उपचार र राहतको अत्यावश्यक कार्यमा कुनै कसर बाँकी नराख्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।
‘यस प्राकृतिक विपत्को समयमा घाइतेहरूको तत्काल उद्धार, उपचार, राहत र पुनर्वासको कार्यमा सक्रियतापूर्वक खट्न पार्टीको कर्णाली प्रदेश लगायत सम्पूर्ण पार्टी पङ्क्ति, जवस मोर्चाका नेता कार्यकर्ताहरूलाई पनि पार्टी विशेष अपिल गर्दछ’, अध्यक्ष वैद्यले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण