जाजरकोट भूकम्प
जाजरकोट र रुकुम पश्चिममा ८५९ जना प्रहरी उद्धारमा परिचालित
शनिबार, १८ कात्तिक २०८०, १५ : ५२
काठमाडौँ । जाजरकोट भूकम्पपछि घटनास्थलमा उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको हो ।
कार्यालयका अनुसार जाजरकोटबाट ४५०, रुकुम पश्चिमबाट ३२०, प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालका चिकित्सक ११, सल्यानबाट १० र इप्रका बादेपिपल सुर्खेतबाट ९ जना जनशक्ति परिचालन गरिएको छ ।
आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्न सकिने पनि प्रहरीको भनाइ छ । हालसम्म भूकम्पबाट १३८ जनाको मृत्यु र १६६ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण