कर्णालीका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना, मोटरसाइकल चालक घाइते
शनिबार, १८ कात्तिक २०८०, १६ : ०९
काठमाडौं । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना भएको छ । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ र उपसभामुख यसोधा न्यौपाने चढेको गाडी बागलुङमा दुर्घटना परेको हो ।
दुर्घटनामा परेर बागलुङमा मोटरसाइकल चालक घाइते भएका छन् । घाइते चालकको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
सभामुख र उपसभामुख सवार स्कर्पियो मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशतर्फ गइरहेको थियो । सोही क्रममा ढोरपाटन नगरपालिकामा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल आपसमा ठोकिएको हो ।
सभामुख र उपसभामुख सवार कर्णाली प्रदेश २-००-१ झ ००९३ नम्बरको स्कर्पियोसँग ग११प ८१५७ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण