आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना, मोटरसाइकल चालक घाइते

शनिबार, १८ कात्तिक २०८०, १६ : ०९
शनिबार, १८ कात्तिक २०८०

काठमाडौं । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको सवारी बागलुङमा दुर्घटना भएको छ । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ र उपसभामुख यसोधा न्यौपाने चढेको गाडी बागलुङमा दुर्घटना परेको हो ।

दुर्घटनामा परेर बागलुङमा मोटरसाइकल चालक घाइते भएका छन् । घाइते चालकको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

सभामुख र उपसभामुख सवार स्कर्पियो मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशतर्फ गइरहेको थियो । सोही क्रममा ढोरपाटन नगरपालिकामा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल आपसमा ठोकिएको हो ।

सभामुख र उपसभामुख सवार कर्णाली प्रदेश २-००-१ झ ००९३ नम्बरको स्कर्पियोसँग ग११प ८१५७ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप