आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले आइतबार बिहान बोलायो पदाधिकारी बैठक

शनिबार, १८ कात्तिक २०८०, २० : ०२
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । राप्रपाको पदाधिकारी बैठक आइतबार बिहान आठ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले जाजरकोट भुकम्पमा परी निधन भएकाहरुप्रति दुःख प्रकट गरेको छ। घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलर समेत गरिसकेको श्रेष्ठले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप