भूकम्प पीडितकाे सहयोगका लागि राप्रपाको पदाधिकारी बैठक
काठमाडौं । भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुमपश्चिमा लगायत जिल्लाका पीडितहरूको राहत तथा व्यवस्थापनका लागि निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बसेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भूकम्प पीडितलाई राहत, व्यवस्थापनको सम्बन्धमा छलफल जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘कर्णाली प्रदेशका जाजरकोट, रुकुमपश्चिम लगायत विभिन्न जिल्लामा भूकम्पबाट पुर्याएको क्षति, पीडितलाई राहत तथा व्यवस्थापन सम्बन्धमा निर्णय लिन अहिले बैठक बसिरहेको छ । पार्टीको निर्णय केहीबेरमा सार्वजनिक गर्छौं’, उनले भने । यसअघि राप्रपाले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।
शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने करिब २५० बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण