टीकापुरमा ७ करोडभन्दा बढीको लागतमा शीत भण्डार गृहको निर्माण सुरु
आइतबार, १९ कात्तिक २०८०, १९ : २३
धनगढी । कैलालीको टीकापुर नगरपालिकामा साढे ७ करोडभन्दा बढीको लागतमा शीत भण्डार गृहको निर्माण सुरु भएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लागत साझेदारीमा नगरपालिकाको वडा नं. १ मा शीत भण्डार गृह निर्माण सुरु भएको हो ।
आइतबार एक कार्यक्रमका बीच टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले सो शीत भण्डार गृहको शिलान्यास गरेका हुन् ।
आयोजना कोअर्डिनेटर कलशराम चौधरीका अनुसार १ हजार मेट्रिक टन क्षमता रहेको शीत भण्डार निर्माणमा आयोजनाको ८० प्रतिशत र जल उपभोक्ताको २० प्रतिशत गरी कूल ७ करोड ६ लाख ६९ हजार ६९० लागत रहेको छ ।
शीत भण्डार गृह १४ महिनामा निर्माण सम्पन्न हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण