टीकापुरमा ७ करोडभन्दा बढीको लागतमा शीत भण्डार गृहको निर्माण सुरु
आइतबार, १९ कात्तिक २०८०, १९ : २३

धनगढी । कैलालीको टीकापुर नगरपालिकामा साढे ७ करोडभन्दा बढीको लागतमा शीत भण्डार गृहको निर्माण सुरु भएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लागत साझेदारीमा नगरपालिकाको वडा नं. १ मा शीत भण्डार गृह निर्माण सुरु भएको हो ।
आइतबार एक कार्यक्रमका बीच टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले सो शीत भण्डार गृहको शिलान्यास गरेका हुन् ।
आयोजना कोअर्डिनेटर कलशराम चौधरीका अनुसार १ हजार मेट्रिक टन क्षमता रहेको शीत भण्डार निर्माणमा आयोजनाको ८० प्रतिशत र जल उपभोक्ताको २० प्रतिशत गरी कूल ७ करोड ६ लाख ६९ हजार ६९० लागत रहेको छ ।
शीत भण्डार गृह १४ महिनामा निर्माण सम्पन्न हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईका कारण जागिर गुमाएपछि....
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
-
'सरकारले हामीलाई भन्दियोस्– राजा र हिन्दुराष्ट चाहिन्छ, सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ'
-
चितवनमा ४२ वर्षीय पुरुषले छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरे
-
हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री राणा