कोहली र जडेजासामु नतमस्तक बन्यो दक्षिण अफ्रिका, भारतको अपराजित यात्रा जारी
कोलकाता । भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको विशाल अन्तरले हराउँदै घरेलु मैदानमा जारी विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । ३ सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका भारतीय बलरसामु निरीह बन्दै २७.१ ओभरमा ८३ रन बनाउँदै अलाउट हुन पुगेको हो ।
भारतका लागि रवीन्द्र जडेजाले घातक बलिङ गर्दै ५ विकेट लिएपछि दक्षिण अफ्रिकाको पाली धर्मरायो । उनलाई मोहम्मद शामी र कुलदीप यादवले २–२ तथा मोहम्मद सिराजले १ विकेट लिँदै राम्रो साथ दिए । दक्षिण अफ्रिकाका मात्र चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके । मार्को जानसेनले सर्वाधिक १४ रन बनाउँदा रासी भान डेर डुसेनले १३ रन बनाए । त्यस्तै, कप्तान टेम्बा बाभुमा र डेभिड मिलरले ११–११ रन बनाए ।
यसअघि टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले नटआउट रहँदै सर्वाधिक १ सय १ रन बनाए । योसँगै उनले सचिन तेन्दुल्करको एकदिवसीयमा सर्वाधिक ४९ शतकको कीर्तिमान पनि बराबरी गरे ।
आफ्नो पालीमा १२१ बलको सामना गरेका कोहलीले १० चौका प्रहार गरे । उनलाई श्रेयस ऐयरले ७७ रन बनाउँदै राम्रो साथ दिए । यसअघि कप्तान रोहित शर्माले आक्रामक रुपमा २४ बलमा ४० रन बनाउँदै भारतलाई राम्रो सुरुवात दिलाएका थिए ।
अर्का ओपनर शुभमन गिलले २३ रन बनाए भने रवीन्द्र जडेजाले २९ तथा सूर्यकुमार यादवले २२ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन, कागिसो रबाडा, केशव महाराज र तब्राइज शाम्सीले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण