जाजरकोट भूकम्प : २१३ वटा विद्यालयका भवनमा क्षति
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयमा क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।
यस्तै ३६६ वटा कक्षाकोठाहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पूर्णरुपमा ध्वस्त भएका छन् ।
यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांक छ । प्राप्त विवरण अनुसार भूकम्पमा परी एक जना शिक्षक, ११ जना विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन् । यो विवरण सङ्कलन हुने क्रम भने जारी नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण