एकीकृत समाजवादीले राहत कोषमा २५ लाख जम्मा गर्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरुलाई सहयोग गर्न सरकारी कोषमा २५ लाख रकम जम्मा गर्ने भएको छ ।
सोमबार बसेको सो पार्टीको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीले उक्त रकम पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधिका साथै कार्यकर्ताहरुबाट संकलन गर्ने भएको छ । सो पार्टीले भुकम्पप्रभावितका लागि उद्धार र राहतमा सहयोग गर्न यसअघि पार्टी उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई खटाइसकेको छ ।
‘पार्टीका कार्यकर्ताबाट आर्थिक सहयोग संकलन गरी सरकारी राहत कोषमा २५ लाख प्रदान गर्ने निर्णय भएको छ । उक्त प्रयोजनका लागि केन्द्र, प्रदेशका मन्त्री, जनप्रतिनिधिबाट १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ’, प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।
साथै बैठकमा असोज महिनामा सो पार्टीले गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा गर्दै त्यसक्रममा १० हजार २७४ बढी विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गरेकाले अभियान उपलब्धिमूलक भएको ठहर गरेको छ ।
त्यसक्रममा ३ लाख ७५ हजार मानिससँग औपचारिक र अनौपचारिक भेटघाट भएको एकीकृत समाजवादीको दाबी छ । गत असोज १४ देखि २८ सम्म सो पार्टीले मेची महाकाली जागरण अभियान चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण