जाजरकोट भूकम्प : एकै दिन ५७ वटा परकम्प
मङ्गलबार, २१ कात्तिक २०८०, ११ : १९
जाजरकोट । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा लगातार परकम्पहरू गइरहेका छन् । पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
मंगलबार बिहानसम्म कूल परकम्पको सङ्ख्या ४ सय ३९ पुगेको छ । सबै परकम्पको केन्द्रबिन्दु रामिडाँडा आसपास रहेको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेट जाँदा ५.८ म्याग्निच्युडको सबैभन्दा ठुलो परकम्प गएको थियो । त्यस लगत्तै ४.५ को अर्को परकम्प पनि गएको थियो ।
ठुलो भूकम्प पश्चात् परकम्पहरू जाने नियमित प्रक्रिया भएको केन्द्रको भनाई छ । जाजरकोट भूकम्पमा परेर हालसम्म १ सय ५३ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण