जाजरकोटपछि बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
मङ्गलबार, २१ कात्तिक २०८०, १३ : ३२
काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।
गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो । जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने कैयन घरहरु भत्किएका छन् ।
यता बाजुरामा गत जेठ २९ यता पहिलो पटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । त्यतिबेला ४.४ म्यग्निुच्युडको भूकम्प गएको थियो । तर, बझाङसहित सुदूरपश्चिमका विभिन्न जिल्ला भएर भने पटक पटक भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण