शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटपछि बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मङ्गलबार, २१ कात्तिक २०८०, १३ : ३२
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । 

गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो । जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने कैयन घरहरु भत्किएका छन् । 

यता बाजुरामा गत जेठ २९ यता पहिलो पटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । त्यतिबेला ४.४ म्यग्निुच्युडको भूकम्प गएको थियो । तर, बझाङसहित सुदूरपश्चिमका विभिन्न जिल्ला भएर भने पटक पटक भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप