वीरेन्द्रनगरले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने
मङ्गलबार, २१ कात्तिक २०८०, १८ : ५२
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाभित्र अध्ययनरत भूकम्प पीडित परिवारका बालबालिकाहरुलाई निःशुल्क रुपमा अध्ययनको व्यवस्था गरिने छ ।
यस्तै नगरपालिकाका १६ वटै वडाको वडा विपद् कोषबाट १ लाखका दरले १६ लाख र नगर विपद् कोषबाट १० लाख गरी २६ लाख भूकम्प प्रभावितको पुनर्स्थापना सहयोग गरिने ढकालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
-
एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण