बन्दीपुरमा चालिस रोपनी क्षेत्रफलमा ‘सयपत्री खेती’
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकामा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । भारतबाट आयात हुने फूललाई निरुत्साहित गर्दै स्वदेशमै उत्पादित फूलको प्रवर्द्धन गर्न फूलखेती थालिएको हो ।
बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का,कल्चोकमा नेत्रप्रसाद लामिछाने,नारायण लामिछाने लगायतका २० जना बढी किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।
बिगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको स्थानीय किसान तामप्रसाद भट्टले जानकारी दिए । अघिल्ला वर्षमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यसवर्ष चार रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए । उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेको छु,उनले भने, “प्रतिमाला रु दुई सयदेखि तीन सय ५० सम्म बिक्री गर्ने गरेको छु ।”
यसवर्ष करिब रुडेढ/दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्टले बताए । त्यसक्षेत्रका फूल उत्पादक किसानले सिजनमा रु एक लाख बढीसम्मको बिक्री गर्ने गरेका छन् । गाउँपालिकामा सयपत्री फूलखेती गरेसँगै तिहारको समयमा बाह्य देशबाट ल्याउनु नपरेको व्यवसायी बताउँछन् ।
भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले दसैँ तिहारका समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताए । बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन हुन्छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्ला समय व्यावसायिक किसानको यसतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।
उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले हाइब्रीड फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने उनले बताए ।
उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफूले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताए । फूलखेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आउँदो वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन हुने किसिमले काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण