शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

कुन मौसममा कति रासायनिक मल खपत ?

बुधबार, २२ कात्तिक २०८०, ०६ : ०३
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । नेपालमा वर्षभरि ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल खपत हुन्छ । तीन मौसममा फरक–फरक मात्रामा मल खपत हुने कुषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जेठदेखि असोजमा उत्पादन हुने धान, चिया, उखु, तरकारी खेतीका लागि २ लाख ४९ हजार मेट्रिक टन रासायनिक मल खपत हुन्छ । यस्तै, कात्तिकदेखि पुससम्म गहुँ, उखु, तरकारी आदि बालीका लागि १ लाख ७७ हजार मेट्रिक टन मल खपत हुन्छ । माघदेखि वैशाखसम्म चैते धान, मकै, तरकारी बालीमा ९४ हजार मेट्रिक टन मल खपत हुन्छ ।

वर्षभरमा युरिया ३ लाख १० हजार मेट्रिक टन, डीएपी १ लाख ९० हजार मेट्रिक टन र पोटास २० हजार मेट्रिक टन खपत हुने मन्त्रालयले जनाएको छ ।

जेठदेखि असोज महिनामा उत्पादन हुने बालीमा युरिया १ लाख ६० हजार मेट्रिक टन, डीएपी ९० हजार मेट्रिक टन र पोटास ९ हजार मेट्रिक टन गरी २ लाख ४९ हजार मेट्रिक टन रासायनिक मल खपत हुने मन्त्रालयको तथ्याङ्क छ ।

कात्तिकदेखि पुस महिनामा उत्पादन हुने बालीमा युरिया १ लाख मेट्रिक टन, डीएपी ६० हजार मेट्रिक टन र पोटास ७ हजार मेट्रिक टन गरी १ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल खपत हुने मन्त्रालयको तथ्याङ्क छ ।

माघदेखि वैशाखसम्म हुने बालीमा युरिया ५० हजार मेट्रिक टन, डीएपी ४० हजार मेट्रिक टन र पोटास ४ हजार मेट्रिक टन गरी कुल ९४ हजार मेट्रिक टन मल खपत हुने मन्त्रालयले जनाएको छ ।

मौसम अनुसार रासायनिक मलको खपत विवरण

ff

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप