मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजी पराजित भएपछि रोचक बन्यो ‘ग्रुप अफ डेथ’

बुधबार, २२ कात्तिक २०८०, ०९ : ४५
बुधबार, २२ कात्तिक २०८०

सान सिरो । ओलिभिए जिरुको हेडरमार्फत गोलको मद्दतले एसी मिलानले यो सिजन च्याम्पियन्स लिगमा पहिलो जीत हासिल गरेको छ । इटालियन टोलीले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनलाई २–१ लाई हराएको हो ।

फ्रेन्च फरवार्डले ५० औँ मिनेट थियो हर्नान्डेजको क्रसमा गोल गर्दै टोलीलाई जीत दिलाए । खेलमा अग्रता भने पीएसजीले लिएको थियो । मिलान स्क्रिनियारले खेलको नवौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । तर, तीन मिनेटपछि नै राफायल लियोले गोल गर्दै खेल बराबरी गरे ।

पराजयसँग ६ अङ्क बटुलेको पीएसजी समूह एफको दोस्रो स्थानमा खस्किएको छ । मिलान भने ५ अङ्क बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ ।

यो सिजन ग्रुप अफ डेथ मानिएको यो समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डले प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडलाई आफ्नो घरेलु मैदानमा २–० गोलले हरायो । डर्टमण्डको जीतमा निकलास फुलक्रुग र जुलियान ब्रानडिटले एक–एक गोल गरे ।

जीतपछि ७ अङ्क बटुल्दै डर्टमण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ । ४ अङ्कसहित न्युक्यासल समूहको पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप