पीएसजी पराजित भएपछि रोचक बन्यो ‘ग्रुप अफ डेथ’
सान सिरो । ओलिभिए जिरुको हेडरमार्फत गोलको मद्दतले एसी मिलानले यो सिजन च्याम्पियन्स लिगमा पहिलो जीत हासिल गरेको छ । इटालियन टोलीले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनलाई २–१ लाई हराएको हो ।
फ्रेन्च फरवार्डले ५० औँ मिनेट थियो हर्नान्डेजको क्रसमा गोल गर्दै टोलीलाई जीत दिलाए । खेलमा अग्रता भने पीएसजीले लिएको थियो । मिलान स्क्रिनियारले खेलको नवौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । तर, तीन मिनेटपछि नै राफायल लियोले गोल गर्दै खेल बराबरी गरे ।
पराजयसँग ६ अङ्क बटुलेको पीएसजी समूह एफको दोस्रो स्थानमा खस्किएको छ । मिलान भने ५ अङ्क बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ ।
यो सिजन ग्रुप अफ डेथ मानिएको यो समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डले प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडलाई आफ्नो घरेलु मैदानमा २–० गोलले हरायो । डर्टमण्डको जीतमा निकलास फुलक्रुग र जुलियान ब्रानडिटले एक–एक गोल गरे ।
जीतपछि ७ अङ्क बटुल्दै डर्टमण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ । ४ अङ्कसहित न्युक्यासल समूहको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण