मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटन मन्त्रालय मातहतका संस्थाबाटमात्रै ४ करोड बढी रकम राहत कोषमा जम्मा

बुधबार, २२ कात्तिक २०८०, १० : ०७
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घ संस्थाहरूले ४ करोड भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन् । 

बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण सङ्घ र लुम्बिनी विकास कोष रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप