६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन दिएका ११३ जना मध्ये ८६ जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको छ।
- मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका १६ जना, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का २२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १४ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १५ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
- सरकारले गत जेठ ४ गते ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो।
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको अल्पसूची(सर्ट लिस्ट) सार्वजनिक गरेको छ।
स्वास्थ्य मन्त्रालयले आज मङ्गलबार आवेदन दिएका ११३ जना मध्येबाट ८६ जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको हो।
मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका १६ जना, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का २२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७ जनाको नाम सार्वजनिक गरेको छ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १४ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १५ जना उम्मेदवार उपकुलपतिका लागि संक्षिप्त सूचीमा परेका छन् ।
सरकारले गत जेठ ४ गते ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो ।
पूर्णकालीन नेतृत्व चयन नहुन्जेलसम्म मन्त्रालयले गत वैशाख २४ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्रविक्रम गुरुङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. विनम्र विष्टलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो ।
यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. इन्द्र लिम्बू र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. सुरेश रसाइलीलाई निमित्तको जिम्मेवारी सुम्पिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण