आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई राष्ट्रपति पौडेलले एक महिनाको तलब दिने

बुधबार, २२ कात्तिक २०८०, १५ : ५२
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित नागरिकलाई राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सहयोग गर्ने भएका छन् । 

भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापना लागि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका हुन् ।

कोषमा  राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप