एमालेले मंसिर १४ गतेदेखि ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ सुरु गर्ने
बुधबार, २२ कात्तिक २०८०, १६ : ०७

काठमाडौँ । एमालेले मध्यपहाडी लोकमार्गमा मंसिर १४ गतेबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, सम्मृद्दिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने भएको छ ।
बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अभियानको अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटबाट सुरुवात गर्नेछन् ।
अभियानका लागि नेता कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाउने निर्णय गरेको नेता ज्ञवालीको भनाइ छ ।
अभियान अन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको टोली खटिने छ । अभियान अन्तर्गत विकासका समस्या पहिचान गर्दै समृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जनाएको छ ।
अभियान अन्तर्गत एमालेले जनतासँग संवाद गर्दै उनीहरुका कुरा समेत सुन्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीलाई एकीकृत हुन आह्वान गरी आफू रेष्टुरेन्टको सटर लगाएर लुकेका थिए धवल शमशेर
-
इरानी आक्रमणमा इजरायलको सबैभन्दा ठूलो तेल रिफाइनरीमा क्षति, धुवाँको मुस्लो देखियो
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने