एमालेले मंसिर १४ गतेदेखि ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ सुरु गर्ने
बुधबार, २२ कात्तिक २०८०, १६ : ०७
काठमाडौँ । एमालेले मध्यपहाडी लोकमार्गमा मंसिर १४ गतेबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, सम्मृद्दिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने भएको छ ।
बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अभियानको अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटबाट सुरुवात गर्नेछन् ।
अभियानका लागि नेता कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाउने निर्णय गरेको नेता ज्ञवालीको भनाइ छ ।
अभियान अन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको टोली खटिने छ । अभियान अन्तर्गत विकासका समस्या पहिचान गर्दै समृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जनाएको छ ।
अभियान अन्तर्गत एमालेले जनतासँग संवाद गर्दै उनीहरुका कुरा समेत सुन्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण