आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट

बुधबार, २२ कात्तिक २०८०, १६ : २५
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरूका लागि दराज ११.११ योजनामा विशेष छुट दिने भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो  । 

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम रु २,०००र– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम रु २,५००र– सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । 

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८० कार्तिक २५ देखि २०८० मङ्सिर ६ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप