कर्णाली प्रदेश योजना आयोगको टिम जाजरकोटमा
जाजरकोट । भूकम्पबाट जनधनको क्षति व्यहोरेको जाजरकोटमा कर्णाली प्रदेशको योजना आयोगको टिम स्थलगत अनुगमनमा आएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गल शाहीलगायत योजना आयोगको टिम जाजरकोट पुगेको हो । आयोगको टिमले भूकम्पबाट क्षति व्यहोरेको जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा स्थलगत अध्ययनमा पुगेको मन्त्री शाहीले जानकारी दिए ।
घर निर्माणको मोडालिटीका विषयमा अध्ययन गर्नेका लागि उक्त टिम जाजरकोट आएको हो । क्षति विवरणस्थलगतरुपमै लिनका लागि पनि आयोगको टिम जाजरकोट आएको आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले बताए ।
ऊर्जामन्त्री स्थलगत अध्ययनमा
जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई भेट्न र क्षतिको विवरण अध्ययन गर्न स्थलगतरूपमा भेरी, नलगाड र बारेकोट गाउँपालिकामा गएका छन् ।
राहतस्वरुप पठाएको सामग्री पीडितसम्म नपुगेको गुनासो आएपछि मन्त्री बस्नेत स्थलगतरूपमा बुझ्न गाउँ गएका हुन् । मन्त्रीसँगै सुरक्षा अधिकारीसमेत गएका छन् । आज बिहान भेरी र नलगाडको अध्ययन भएको प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण