भाटभेटनीले रुकुम पश्चिममा पठायो ४ लाख २० हजार केजी चामल
शनिबार जाजरकोटमा पनि पठाउने
बिहीबार, २३ कात्तिक २०८०, १५ : २३
काठमाडौँ । भाटभटेनी सुपरमार्केटले ४ लाख २० हजार केजी चामल राहतस्वरुप भूकम्पपीडितहरूका लागि रुकुम पश्चिम पठाएको छ । मुख्य परिचालन अधिकारी पानु पौडेलका अनुसार ४० लाख रुपैयाँ बराबरको चामल भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।
पौडेलका अनुसार सो चामल रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । राहतको चामल भूकम्पबाट प्रभावित सानी भेरी गाउँपालिका, आठबीसकोट नगरपालिका र चौरजारी गाउँपालिकामा वितरण गरिनेछ । यही परिणामको चामल शनिबार जाजरकोट पुर्याइने पौडेलले रातोपाटीलाई बताए ।
यसअघि सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण