मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भाटभेटनीले रुकुम पश्चिममा पठायो ४ लाख २० हजार केजी चामल

शनिबार जाजरकोटमा पनि पठाउने
बिहीबार, २३ कात्तिक २०८०, १५ : २३
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ ।  भाटभटेनी सुपरमार्केटले ४ लाख २० हजार केजी चामल राहतस्वरुप भूकम्पपीडितहरूका लागि रुकुम पश्चिम पठाएको छ । मुख्य परिचालन अधिकारी पानु पौडेलका अनुसार ४० लाख रुपैयाँ बराबरको चामल भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।

पौडेलका अनुसार सो चामल  रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । राहतको चामल भूकम्पबाट प्रभावित सानी भेरी गाउँपालिका, आठबीसकोट नगरपालिका र चौरजारी गाउँपालिकामा वितरण गरिनेछ । यही परिणामको चामल शनिबार जाजरकोट पुर्‍याइने पौडेलले रातोपाटीलाई बताए ।

यसअघि सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप