विशिष्टको लावालस्करले भूकम्प पीडितलाई थप समस्या : वरिष्ठ उपाध्यक्ष पोखरेल
धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन् ।
प्रेस चौतारी धनकुटाले बिहीबार जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको बताएका हुन् ।
राहत लिएर जानेभन्दा पनि रमिता हेर्न जाने क्रम बढी भएकाले भूकम्प पीडितलाई थप समस्या बनाएको पोखरेलको भनाई छ । विशिष्ट व्यक्तिको हेलिकप्टरको हावाले भूकम्प पीडितको टेन्ट उडाएको उदाहरण दिँदै पोखरेलले अहिले रमिता हेर्न जानेको भन्दा राहत लिएर जानेको खाँचो रहेको बताए ।
‘भूकम्प प्रभावित क्षेत्रमा सरकारका विशिष्ट व्यक्तिहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको छ,’ पोखरेलले भने, ‘भूकम्प पीडितलाई अहिले रमिता हेर्ने मान्छे हैन, राहत लिएर जाने मान्छे चाहिएको छ, त्यो हामीले विचार गर्नुपर्छ ।’
भूकम्प पीडितको सवालमा एमाले गम्भीर रहेको भन्दै पोखरेलले एमालेले केही दिनभित्र एक हजार स्वयंसेवक सो क्षेत्रमा खटाएर प्रभावितहरूलाई पुनस्थापित गर्न सहयोग गर्ने जानकारी दिए ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य राजेन्द्र राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली लगायत पनि सहभागी थिए । एमाले धनकुटाको ७ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकका लागि पोखरेल धनकुटा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण