स्टार किड्जको घुँइचो रहेको द आर्चिज : ट्रेलर रिलिज भएलगत्तै ट्रोलिङको शिकार
काठमाडौँ । बिहिबार द आर्चिजको ट्रेलर रिलिज भयो । नेट्फिलक्सको यो फिल्ममा स्टार किड्जको बाक्लो उपस्थिति छ ।
फिल्ममा अभिताभ बच्चनको नाती अगस्त्य नन्दा, शाहरुख खानको छोरी सुहाना खान, बोनी कपुर र श्रीदेवीकी कान्छी छोरी खुसी कपुर आदि महत्त्वपूर्ण भूमिकामा छन् । यसबाहेक फिल्ममा युवराज मेंडा, मिहिर आहूजा र वेदांग रैना पनि देखिनेछन् ।
फिल्म अमेरिकी कमिक द आर्चिजको एडप्टेशन हो । फिल्म डिसेम्बर ७ मा ओटीटीमा रिलिज हुँदैछ । फिल्ममा अगस्त्य नन्दा आर्चीको लिड रोल गर्दैछन् । फिल्ममा ६० को दशकको सेट देखाइएको छ । माया, मित्रता र ब्रेक–अपमा केन्द्रित यो फिल्म जोया अख्तरले निर्देशन गरेकी हुन् । नेटफ्लिक्स इन्डियाको युट्युब च्यानलमार्फत रिलिज भएको केही मिनेटमै फिल्मको ट्रेलर भाइरल बनेको थियो ।
फिल्मका अधिकांश मुख्य कलाकार बलिउडमा स्थापित कलाकारका सन्तान वा आफन्त छन् । फिल्मले बलिउडमा नातावाद र कृपावादको विवादलाई यो फिल्मले झनै भड्काएको छ ।
फिल्मको घोषण भएयता नै फिल्म ट्रोलमा परेको थियो । टे«ेलर रिलिज भएलगत्तै यसले मिश्रित खालको प्रतिक्रिया पाएको छ । कोहीले यसलाई भाई–भतीजावादको उत्सव भनेका छन् भने कसैले ‘द मल्टीभर्स अफ नेपोटिज्म’ बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण