सहिष्णुता र सद्भावको कुरामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहिष्णुता, सद्भाव र समाज सुधारको कुरामा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताएका छन् ।
फाल्गुनन्दको १३९ औँ जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको कार्यको प्रेरणा प्राप्त हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताएका हुन् ।
‘हाम्रो देश धार्मिक, सामाजिक र सांस्कृतिक विविधताले युक्त छ । महागुरु फाल्गुनन्दका उपदेश र मार्गदर्शन सर्वदा शाश्वत, सार्वभौम र सार्वजनीन रहिआएका छन् । हामीले आफ्ना जीवनमा यी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके समाज र राष्ट्रमा समन्वय, एकता, सहिष्णुता र सद्भाव चिरस्थायी हुने कुरामा शङ्का छैन । उहाँले समाज सुधारका निम्ति १९८८ वैशाख २४ मा स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का’को नीतिलाई विश्व समुदायले अनुसरण गरिरहेको छ,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
महागुरु फाल्गुनन्दले किराँत भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिमा पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण