वालेट भुक्तानीको सीमा दोब्बरले बढ्यो
आइतबार, २६ कात्तिक २०८०, ११ : ४७

काठमाडौँ । भुक्तानी सेवा प्रदायक वालेट सेवाको भुक्तानी सङ्ख्याको सीमा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (सङ्ख्या) लाई अस्थायी रूपमा वृद्धि गर्दै दैनिक २० पटक पुर्याइदिएको हो ।
यसअघि यस्तो व्यवस्था प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्ममा रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो । तथापि, यस्तो सीमा परिवर्तन २०८० कात्तिक २४ गतेदेखि २०८० मङ्सिर ३ गतेसम्म मात्र सुविधा उपलब्ध हुने केन्द्रीय बैङ्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?