वालेट भुक्तानीको सीमा दोब्बरले बढ्यो
आइतबार, २६ कात्तिक २०८०, ११ : ४७
काठमाडौँ । भुक्तानी सेवा प्रदायक वालेट सेवाको भुक्तानी सङ्ख्याको सीमा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (सङ्ख्या) लाई अस्थायी रूपमा वृद्धि गर्दै दैनिक २० पटक पुर्याइदिएको हो ।
यसअघि यस्तो व्यवस्था प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्ममा रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो । तथापि, यस्तो सीमा परिवर्तन २०८० कात्तिक २४ गतेदेखि २०८० मङ्सिर ३ गतेसम्म मात्र सुविधा उपलब्ध हुने केन्द्रीय बैङ्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण