जाजरकोट भूकम्प
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अस्थायी टहरा बनाउँदै विप्लवसहितका नेता (तस्बिरहरू)
आइतबार, २६ कात्तिक २०८०, १३ : १५
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत शीर्ष नेताहरू जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका वडा १ का भूकम्प पीडितहरूको अस्थायी घर बनाइरहेका छन्।
पीडितहरूसँग भेटघाटपछि सोही ठाउँमा घर भत्केर त्रिपालमा रात कटाउँदै आएका कले विकको घर पुनर्निर्माण गरी विप्लवको पार्टीले पुनर्निर्माण अभियानको उद्घाटन गरेको छ । यो अभियान भूकम्प प्रभावित सबै ठाउँमा सञ्चालन हुने नेकपाका नेताहरूले बताएका छन् ।
पार्टीको तर्फबाट राहत, उद्धार र पुनर्निर्माण सहयोग गर्न विप्लवसहितका टोली बिहीबार जाजरकोट पुगेको थियो । गत शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम) मा १५४ जनाले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण