जाजरकोट भूकम्प
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अस्थायी टहरा बनाउँदै विप्लवसहितका नेता (तस्बिरहरू)
आइतबार, २६ कात्तिक २०८०, १३ : १५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत शीर्ष नेताहरू जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका वडा १ का भूकम्प पीडितहरूको अस्थायी घर बनाइरहेका छन्।
पीडितहरूसँग भेटघाटपछि सोही ठाउँमा घर भत्केर त्रिपालमा रात कटाउँदै आएका कले विकको घर पुनर्निर्माण गरी विप्लवको पार्टीले पुनर्निर्माण अभियानको उद्घाटन गरेको छ । यो अभियान भूकम्प प्रभावित सबै ठाउँमा सञ्चालन हुने नेकपाका नेताहरूले बताएका छन् ।
पार्टीको तर्फबाट राहत, उद्धार र पुनर्निर्माण सहयोग गर्न विप्लवसहितका टोली बिहीबार जाजरकोट पुगेको थियो । गत शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम) मा १५४ जनाले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)