अपडेट
नवलपुर जीप दुर्घटना : मृतकको संख्या सात पुग्यो, पाँच जनाको सनाखत
आइतबार, २६ कात्तिक २०८०, १४ : ४८
पोखरा । नवलपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
मृतकमध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जीप चालक बौंदीकाली गाउँपालिका ६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, माझडाँडाकै ५५ वर्षीय टेकमान वानटक्की छन् ।
यस्तै, बुलिङटार ४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडा, मध्येविन्दु २ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि पहिचान खुलेको छ । दुई जनाको पहिचान खुल्न बाँकी रहेको डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण