फोटोफिचर
जानकी मन्दिरमा एकसाथ ५१ हजार दीप प्रज्वलन गरिँदै (तस्बिरहरु)
आइतबार, २६ कात्तिक २०८०, १७ : २७

जनकपुर । मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व दीपावलीको अवसरमा जनकपुरधामलाई विशेष रूपले शृङगारिएको छ । नगर क्षेत्रमा लगाइएका केराका बोटहरूको कारण जनकपुरधाम हरियालीमय देखिएको छ ।
नगर क्षेत्रमा २५ हजारभन्दा बढी केराको बोट प्रयोग गरी सजाइएको हुँदा जनकपुरधामको स्वरूप फेरिएको जस्तो देखिएको छ । नगर क्षेत्रका प्रत्येक पसलहरूमा व्यापारीहरूले आफ्नो पसलको अगाडि केराको बोट र अशोकको पातले सजाएको छ ।
त्यसमा बाँसको फट्टाले दियो हाल्ने स्ट्यान्ड बनाइएको छ । भने जानकी मन्दिरमा ५१ हजार दीप प्रज्वलन गर्ने तयारी गरिएको छ ।
दीपावलीका अवसरमा जानकी मन्दिरको प्राङ्गणमा श्री राम जानकी लेखेर दीप प्रज्वलन गरिँदै छ । हिन्दुवादी युवाहरूको एक समूहले दीप प्रज्वलनको आयोजना गरेको छ ।
विगतका वर्षहरू अन्धकार रहँदै आएको जानकी मन्दिर यस वर्ष भने झकिझकाउ देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक