वैदेशिक रोजगार ठगी मुद्दामा विनोद थापा पक्राउ
सोमबार, २७ कात्तिक २०८०, १३ : १५
काठमाडौँ । प्रहरीले भक्तपुरको बालकोटबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिकास्थित बालकोट बस्ने ३६ वर्षीय विनोद थापा छन् ।
भोजपुर षडानन्द नगरपालिका–१ घर भएर बालकोट बस्दै आएका थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनलाई पक्राउ गरेर उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र पठाएको थियो । तिहार बिदा सकिएपछि उनलाई विभागमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
आरोपित थापा एनआरएनए मलेसियाका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण