सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
वसन्तपुरमा नेपाल संवत ११४४ को स्वागत, तस्बिरमा हेर्नुहोस्
नेपाल संवत्

वसन्तपुरमा नेपाल संवत ११४४ को स्वागत, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौँ । नेपाल संवत ११४४ मंगलबारदेखि सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्‍याली निकालेका छन् ।

र्‍यालीमा सहभागीहरू नेवारी भेषभूषामा सजिएका थिए । र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको बताइन्छ । 
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

20231114085010_IMG_029720231114085239_IMG_030520231114085659_IMG_031420231114085942_IMG_031820231114090730_IMG_032820231114090900_IMG_051020231114091130_IMG_032920231114091204_IMG_051520231114084055_IMG_029020231114084103_IMG_029220231114084130_IMG_0497

20231114082002_IMG_046520231114082439_IMG_027720231114082622_IMG_028020231114082738_IMG_046720231114082820_IMG_0285-0120231114083215_IMG_047220231114083309_IMG_047820231114083447_IMG_048520231114083943_IMG_049320231114074821_IMG_024820231114074845_IMG_0251-0120231114080354_IMG_045120231114080706_IMG_026920231114080835_IMG_0458-0120231114081655_IMG_0461

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया