रमेश विकलको ९५ औँ जन्मजयन्ती : कलाकारिता क्षेत्रमा गरेको योगदानबारे चर्चा

काठमाडौँ । साहित्यकार रमेश विकलको ९५औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उनले गरेको योगदानका बारेमा चर्चा गरिएको छ ।
रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष चालिसेले आफ्नो क्षमताले भ्याएसम्म साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए । विकलको योगदान नेपाली साहित्य र कला क्षेत्रमा महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, प्रतिष्ठानका उपाध्यक्ष तथा कलाकार कान्छाकुमार (केके) कर्माचार्य, कलाकार मुकेश मल्ल तथा प्राज्ञ हेमराज पौडेल, विराट साहित्य सङ्गमका अध्यक्ष रामबाबु दाहाल, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, उपाध्यक्ष हेमराज पौडेल, महासचिव विजय चालिसेलगायत साहित्यकारले विकल साहित्यकारका साथै सफल कलाकारका रुपमा परिचय बनाउन सफल रहेको बताए ।
कार्यक्रममा कविहरू ओमप्रसाद कोइराला तथा मुकुन्द आचार्यले कविता पनि वाचन गरेका थिए । सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म विसं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । विसं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उनी नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका हुन् । साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए ।
साहित्यकार विकलले आफ्नो जीवनकालमै प्रतिष्ठानको स्थापना गरेका हुन् । छोराहरु विजय चालिसे र महेन्द्र चालिसेको प्रस्तावमा पाँच आना जग्गामा बनेको पुख्र्यौली घर प्रतिष्ठानका लागि दान दिइएको छ । विसं २०६५ पुस २ गते विकलको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ