दुर्घटनामा एक जनाको मृत्यु
बुधबार, २९ कात्तिक २०८०, २१ : १६
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार महिलाको मृत्यु भएको छ।पूर्व पश्चिम राजमार्गस्थित चन्द्रपुर ५ जगत पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना २ ह २४५३ नं. को अटो र सोही दिशातर्फ आउँदै गरेको ज ७ प ८२५० नं. को मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार चन्द्रपुर ४ मुस्लिम टोलकी शैरुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल, अटो र चालक नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण