इलाममा ४० जना यात्रु सवार बस दुर्घटना
आइतबार, ०३ मङ्सिर २०८०, १७ : ४८
विराटनगर । इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको बताए ।
‘प्रहरीको टोली त्यहाँ पुगेको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो,’ उनले भने, ‘९–१० वर्ष जतिको एक जना बालक रुखमा ठोक्किएको अवस्थामा देखिन्छ । बाँकी २७ जनाको उद्धार भइसकेको छ । कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण