इरानद्वारा नयाँ हाइपरसोनिक मिसाइल सार्वजनिक

तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले आइतबार स्वदेशमै विकसित हाइपरसोनिक ब्यालिस्टिक मिसाइल सार्जनिक गरेको छ ।
अर्ध-आधिकारिक तस्निम समाचार एजेन्सीले उल्लेख गरे हणुसार इरानको राजधानी तेहरानमा आईआरजीसीको एयरोस्पेस फोर्सको उपलब्धिहरूको प्रदर्शनीमा इरानका सर्वोच्च नेता अली खामेनीको भ्रमणका क्रममा फत्ताह-२ (विजेता-२) नाम दिइएको मिसाइलको सार्वजिनक गरिएको थियो ।
तस्निमका अनुसार फत्ताह–२ मा हाइपरसोनिक ग्लाइड भेहिकल (एचजीभी) वारहेड जडान गरिएको छ जसले हाइपरसोनिक गतिमा चाल र ग्लाइड गर्न सक्ने बताइएको छ । इरानले जुनमा आफ्नो पहिलो स्वदेशी हाइपरसोनिक मिसाइल फताहको सार्वजनिक गरेको थियो।
तस्निमका अनुसार फताह सटीक निर्देशित दुई चरणको मिसाइलले माच १३ (लगभग १६,००० किमी/घण्टा) को वेगका साथ १,४०० किलोमिटरको दायरा भित्र तोकिएको लक्ष्यमा प्रहार गर्न सक्छ।
यो एक वारहेड सुसज्जित छ जसमा एक गोलाकार इन्जिन ठोस ईन्धन र चल नोजलहरू समावेश छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ