इरानद्वारा नयाँ हाइपरसोनिक मिसाइल सार्वजनिक
तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले आइतबार स्वदेशमै विकसित हाइपरसोनिक ब्यालिस्टिक मिसाइल सार्जनिक गरेको छ ।
अर्ध-आधिकारिक तस्निम समाचार एजेन्सीले उल्लेख गरे हणुसार इरानको राजधानी तेहरानमा आईआरजीसीको एयरोस्पेस फोर्सको उपलब्धिहरूको प्रदर्शनीमा इरानका सर्वोच्च नेता अली खामेनीको भ्रमणका क्रममा फत्ताह-२ (विजेता-२) नाम दिइएको मिसाइलको सार्वजिनक गरिएको थियो ।
तस्निमका अनुसार फत्ताह–२ मा हाइपरसोनिक ग्लाइड भेहिकल (एचजीभी) वारहेड जडान गरिएको छ जसले हाइपरसोनिक गतिमा चाल र ग्लाइड गर्न सक्ने बताइएको छ । इरानले जुनमा आफ्नो पहिलो स्वदेशी हाइपरसोनिक मिसाइल फताहको सार्वजनिक गरेको थियो।
तस्निमका अनुसार फताह सटीक निर्देशित दुई चरणको मिसाइलले माच १३ (लगभग १६,००० किमी/घण्टा) को वेगका साथ १,४०० किलोमिटरको दायरा भित्र तोकिएको लक्ष्यमा प्रहार गर्न सक्छ।
यो एक वारहेड सुसज्जित छ जसमा एक गोलाकार इन्जिन ठोस ईन्धन र चल नोजलहरू समावेश छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण