दुर्घटना
इलाम दुर्घटना अपडेट : एक बालकको मृत्यु, घाइतेसहित बसमा सवारको नाम सार्वजनिक
आइतबार, ०३ मङ्सिर २०८०, २० : ००
विराटनगर । इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा भएको बस दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा परी धनुषाधाम–९ धारापानी बस्ने १२ वर्षीय बालक अर्पण लामाको मृत्यु भएको हो ।
दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । बसमा सवार अन्यको भने अवस्था सामान्य रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो । घाइतेहरुको झापास्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको यादवले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण